शुक्रबार, पौष ०४, २०७६ || 1926  पटक पढिएको

हिपमत डटकम
विराटनगर,पौष ४ गते।विराटनगरका महानगर क्षेत्रका संस्थागत विद्यालयमा पढदै आएका प्रत्येक किशोरीलाई आत्मारक्षा तालिम दिईने भएको छ ।
महिला हिंसा न्युनिकरण गर्ने उद्देश्यले दुई सय किशोरी(विद्यार्थी)लाई आत्मारक्षा तालीम प्रदान गरेर उनिहरु मर्फत नै महानगर क्षेत्रका संस्थागत विद्यालयका सबै किशोरीहरुलाई आत्मारक्षा तालिम दिईने भएको हो । प्रत्येक विद्यालयमा तालिम दिने विद्यार्थी(किशोरीहरुको तालिम विराटनगरमा संञ्चालन भईरहेको छ ।

देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार , जबरजस्ती करणी , कुटपीट , जस्ता घटना मौलाउदै गएको बेला महानगर क्षेत्रका किशोरीहरुलाई आत्मारक्षाको तालीमको आयोजना गरिएको हो ।

महिला डिफेन्स किशोरीसंग उप–प्रमुख कार्यक्रम अन्तरगत महानगर क्षेत्रका किशोरीहरुलाई आत्मारक्षा तालीम दिईएको हो । नेपाल खेलाडी तथा प्रशिक्षक संघ मोरङको आयोजनामा सम्पन्न तालीममा वरिष्ठ प्रशिक्षक बिमल पोख्रेलको नेतृत्वमा ३ जना अन्य प्रशिक्षकले प्रशिक्षण प्रदान गरेका थिए ।
महानगरकी उप–प्रमुख ईन्दिरा कार्कीका अनुसार आफ्नो रक्षा आफैगर्नै तथा हिंसा गर्ने मानिसहरुबाट बच्न आत्मारक्षा तालीमको आयोजना गरिएको हो । उहाँ भन्नुहुन्छ,‘ यस्ता तालिमले महिला हिंसा न्युनीकरण गर्न सहयोग पुग्छ ,‘ ।

कराते प्रशिक्षक समेत रहेका विमल पोखरेलको अगुवाईमा महानगर क्षेत्रमा पढ्दै आएका १२ देखि २० बर्ष उमेरका किशोरीहरुलाई सो तालीम प्रदान गरिएको हो । स्थानीय पुष्पलाल चौकमा ५० , रानी क्षेत्रमा ५० , महानगरको मुख्य क्षेत्रका विद्यालयहरुबाट १ सय जना किशोरीहरुलाई तालिम दिईएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!