मनिषकुमार दास
हिपमत डटकम
बिराटनगर पौष ३ गते।आज बिराटनगरको सहित मैदानमा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले प्याब्सन स्पोर्ट्स मिटको औपचारिक रुपमा उद्घाटन गरेका हुन ।
आजदेखि ३ दिनसम्म सञ्चालन हुने स्पोर्ट्स मिटमा धेरै खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि समावेश गरिएको छ । छात्र र छात्र दुवै तर्फ भलिबल कप हुनेछ । १ सय ५१ वटा प्याब्सनसँग आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि जनाएका प्याब्सन मोरङका सचिब प्रेमलाल सिंह सुवालले जानकारी दिए ।