शनिबार, बैशाख १३, २०७७ || 740  पटक पढिएको

पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित छ, जसले गर्दा मिर्गौला रोगका बिरामी नियमित जाँचबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका हौँ ।” उहाँले महानगरका ३३ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा रहेको र त्यसको भाडा महानगरले बेहोर्ने जानकारी दिनुभयो । उहाँका अनुसार महानगरमा कति मिर्गौला रोगी छन् भन्नेबारेमा वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले मिर्गाैला पीडित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्षसमेत रहनुभएका संयोजक लामिछानेले जानकारी दिनुभयो । हाल महानगरका विभिन्न वडाबाट ८० बिरामीले आफूलाई पायक पर्ने अस्पतालबाट डायलालिस गराएको उहाँको भनाइ छ । ५६४ जनाको नमूना सङ्कलन यसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसका ५६४ जनाको नमूना सङ्कलन गरिएको छ । सङकलन गरिएका नमूनामध्ये ५४० जनाको नेगेटिभ आएको र २२ जनाको परिणाम आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार हजार ८७१ जनाको आरडिटी परीक्षण गरिएको छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ मा ७३२ जनाले चिकित्सकीय परामर्शसहितको विशेषज्ञ सेवा लिएका छन् । पत्रकारलाई सुरक्षा सामग्री प्रदान कोरोना भाइरस सङ्क्रमणको जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका प्रदेशका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, स्यानिटाइजर र पञ्जा प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङ्घका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको महासचिव गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ । शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जामा उपलब्ध गराइएको हो । कोभिड–१९ को समाचार सङकलन र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका अध्यक्ष त्रिभुवन पौडेलले बताउनुभयो । उहाँले विशेष सुरक्षा सावधानी अपनाउँदै सङकटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्दै पत्रकारको सुरक्षाका लागि प्रदेश समिति सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो । विभिन्न निकाय र सङ्संस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उपाध्यक्ष शान्ति गुरुङले बताउनुभयो । यसअघि प्रदेश समितिले तनहुँ, लमजुङ, गोरखा, नवलपरासी (पूर्व) र मनाङका लागि सामग्री हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!