बिहिबार, पौष ०३, २०७६ || 1877  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, पौष ३ गते ।अभिनेता गजित विष्ट रावण बनेका छन् । रचनाकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो । रचनाकार मनिष वशिष्ठको कलात्मक सांगीतिक प्रस्तुति हो ‘रावण’ सार्वजनिक गीतमा मनिष वशिष्ठ र सजन न्यौपानेको आवाज तथा उनीहरूकै संगीत सुन्न सकिन्छ । हेर्नुस भिडियो

‘रावणमा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ । रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ । तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ ।
“अहो रूपमहो धैर्हमहोत्सवमहो द्युतिः। अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।” अर्थात्, रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देवलोकको पनि स्वामी बन्ने थिए सायद।’ यही श्लोकमा रहेर रचनाकार वशिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीतको मर्म अनुसार तयार भिडियोलाई गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो । नवराज उप्रेतीको सिनेमेटोग्राफी, नविन निरौलाको सम्पादन तथा उप्रेतीकै छायाङ्कनमा तयार भिडियोमा कलाकार गजित बिष्टको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!

Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents() #1 [internal function]: wfWAFStorageFile->saveConfig() #2 {main} thrown in /home/hipamatcombirend/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34