शुक्रबार, बैशाख १२, २०७७ || 803  पटक पढिएको

डिभिजन वन कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका– ५ चन्द्रौटा रहटकोल क्षेत्रका वन अतिक्रमित संरचना हटाएको छ । कार्यालय प्रमुख दुर्गाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले पटकपटक स्थानीयवासीलाई जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाएको हो । “तीन वटा कच्ची र तीन वटा पक्की घर भत्काइएको छ, अतिक्रमित दुई हेक्टर जग्गालाई तारबार गरेर संरक्षण गरिनेछ”, प्रमुख कार्कीले भन्नुभयो । अतिक्रमित संरचता हटाउनेक्रममा स्थानीयवासीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दा तीन सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । लकडाउनले गर्दा समस्या भइरहेका बेला कार्यालयले संंरचना हटाउँदा स्थानीयवासी रुष्ट भएको सन्तोष चौधरीले बताउनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन कार्यालयका सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माण भएका फुसका तीन टहरामा आगो लगाउनाका साथै तीन पक्की घर भत्काएका थिए । नगरपालिकाको भवन निर्माणस्थल नजीकै रहेको कार्यालयको जग्गा भूमाफियाले बेच्ने र संरचना बनाउन सहयोग गरेपछि कार्यालयले घरटहरा हटाउन सूचना जारी गरेको थियो । दुई दिनअघि वन कार्यालयमा बसेको सर्वदलीय बैठकमा अतिक्रमित जग्गा पुनः वनमा परिणत गर्न दलहरुले सुझाव दिएका थिए । यहाँ पछिल्लो समयमा वनको एक हजार हेक्टर क्षेत्रफल अतिक्रमित छ । शिवराज–५ चन्द्रौटा, बनकास, विजयनगरको त्रिपालनगर, नेवलीगञ्ज, जैवावैराठलगायत क्षेत्र अतिक्रमणको चपेटामा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!