शुक्रबार, बैशाख १२, २०७७ || 677  पटक पढिएको

जिल्लामा वर्षौँदेखि कार्यरत दुई गैरसरकारी संस्थाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग होस् भन्दै रु ५ लाख ८० हजार नगद सहयोग गरेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकालाई जिल्लामा सामाजिक तथा विकासको क्षेत्रमा काम गर्दै आएका दुइ गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र (सिडिसी) र सामुदायिक विकास मञ्च (सिडीएफ) डोटीले रु पाँच लाख ८० हजार नगद सहयोग गरेका हुन् । गुड नेवर्स इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिडिसी र सिडीएफले सञ्चालन गरिरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत रु २ लाख ९० हजार दिपायल सिलगढी नगरपालिकालाई र रु दुई लाख ९० हजार पूर्वीचौकी गाउँपालिकालाई सहयोग गरेको सामुदायिक विकास केन्द्र (सिडीसी) का परियोजना संयोजक यकराज बडुले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग होस् भनेर हामीले दुई स्थानीय तहलाई रकम सहयोग गरेका छौँ, अन्य स्थानीय तहमा पनि सहयोग गर्नेछौँ ।” विश्वव्यापी महामारीको रुपमा फैलिएरहेको कोरोना भाइरसका कारण नेपाल लकडाउनको अवस्थामा रहेकाले स्थानीस्तरमा दैनिक छाक टार्न अफ्ठ्यारोमा रहेका विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले दुवै स्थानीय तहले सञ्चालन गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ को बैंक खातामा उक्त रकम जम्मा गरिएको सामुदायिक विकास मञ्च (सिडीएफ) का अध्यक्ष खडक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रकम प्रदान गरिएका नगरपालिका र गाउँपालिकामा २००÷२०० का दरले ४०० घरपरिवारलाई १० केजीका दरले खाद्यान्न वितरण गर्ने संस्थाको योजना भए पनि स्थानीय तहहरुले आ–आफ्नै कार्यविधि र मापदण्ड बनाएकाले नगद रकम नै खातामा जम्मा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!