हिपमत डटकम
बिराटनगर, पौष ३ गते ।नेपाल फोटो पत्रकार महासंघको प्रथम ऐतिहासिक केन्द्रिय महाधिवेशनको उद्धाटन सत्र आज भव्यताका साथ सम्पन्न भएको छ ।
विभिन्न जिल्ला तथा प्रदेशका प्रतिनिधिहरुको उल्लेख्य सहभागितासहित आज विराटनगरको अतिथि सदनमा उक्त महाधिवेशनको उद्धाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नं. १ लाई कार्यक्षेत्र बनाई विगत ४ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय अग्रज पत्रकारद्धय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार १ सय को नगद पुरस्कार सहित सम्मान समेत गरिएको छ । पत्रकारिताको माध्यमबाट पृथक क्षेत्रको विकास तथा विस्तारमा पुर्याएको योगदानको उच्च कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको हो । पुष ३ गतेदेखि ५ गतेसम्म चल्ने उक्त महाधिवेशनका लागी विभिन्न जिल्ला तथा प्रदेश समितिका फोटो पत्रकारहरुले आफनो व्यापक सहभागिता जनाएका छन ।

यता कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदैे प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा फोटो पत्रकारहरुको उल्लेखनीय भुमिका रहेको बताउनुभएको छ । उहाँले राष्ट्रले अपनत्व ग्रहण गरेको संघीय ढाँचामा आधारित संघीय शासन प्रणालीबाट नै समुन्नत प्रदेश र देशको विकास तथा समृद्धिको अगाडि बढनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले संघीय सरकार वा प्रदेश सरकारले निति निमार्ण गर्दा फोटो पत्रकारहरुको पेशागत मर्यादा र सुरक्षालाई सुरक्षित गर्नका निम्ति स्वतन्त्र वातावरण निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पत्रकारहरुलाई थुन्ने, अन्याय, अत्याचार गर्ने वा उनीहरुको हक तथा अधिकार कुण्ठित गर्ने खालका हरेका किसिमका कानुन विरुद्ध आफु सधैं पत्रकारहरुको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले पे्रस काउन्सिल लगायतका संघ संस्थाहरुमा देखिएका पर्याप्त कमी कमजोरीहरुलाई समाधान गर्दै जानुपर्ने र धारणा समेत व्यक्त गर्नुभएको छ ।

यसैबीच कार्यक्रमको उद्धाटन पश्चात सुरु भएको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने छ । नयाँ कार्यसमितिले पत्रकारहरुको हक हितको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिईएको छ । त्यस्तै कार्यक्रममा सहभागी तथा विभिन्न जिल्ला तथा प्रदेशबाट पाल्नुभएका प्रतिनिधिहरुलाई भने ऐतिहासिक विराट राजाको दरबार, सुनसरीको बर्जु ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष र वराहक्षेत्रको समेत अवलोकन गराईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!