बिहिबार, पौष ०३, २०७६ || 2166  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, पौष ३ गते । सुन्दा आश्चार्य लाग्ला , देख्दा त झनै आश्चार्य लाग्ला १ सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं।२ का लक्ष्मण तामाङ र मनमाया तामाङका चारजना अपाङ्ग छोराछोरीमध्ये तीनजना वर्षौदेखि सुतेको सुतेकै छन् ।

तामाङ दम्पतिका जेठी छोरी अस्मीता अहिले २८ वर्षकी भइन् । उनी २० वर्षदेखि ओछ्यानमै उत्तानो परेर सुतिरहेकी छन् । न उठ्न सक्छिन् । न पल्टिन सक्छिन् । दिशापिसाव सोहोर्न र खानपिन गराउन सबै आमाबुबाले नै दिनहुँ गर्नुपरिरहेको छ ।

तामाङ दम्पतिको जेठा छोरा सरोज २७ वर्षका भए । उनीपनि २० वर्षदेखि नै ओछ्यान मै सुतिरहेका छन् । कान्छी छोरी सुस्मिता पनि अहिले २१ वर्षकी भइन् । उनी पनि सातवर्षको उमेरदेखि नै अपाङ्ग वनेकी छन् । उठ्न र बोल्न सक्दिनन् । ओछ्यानमै सुतिरहेकी छन् । कान्छा छोरा सन्दिप १४ वर्षका भए । उनी चाहिँ दृष्टिविहीन भएपनि हिँडडुल भने गर्न सक्छन् । तर दृष्टिविहीन भएकाले उनी दुर्घटनामा पर्नसक्ने तामाङ दम्पतिलाई चिन्ता छ ।

तामाङ दम्पतिका सबै छोराछोरी जन्मजात अपाङ्ग भने होइनन् । सानामा शारीरिक र मानसिक दुवै अवस्था सामान्य थियो । सामान्य बालबालिका झैं पढ्न विद्यालय जान्थे । जव उनीहरु सात÷आठ वर्षका भए । एकाएक दृष्टिविहीन भए । शारीरिक रुपले असक्त भए । विस्तारै ओछ्याउनमै थलिए । हिँड्न नसक्ने भए । ओछ्यानमा उत्तानो परेर सुतिरहेका उनीहरु पल्टिन समेत सक्दैनन् । न बोल्न सक्छन्, नत इशारा नै गर्न सक्छन् । टाउको हल्लाउन बाहेक अरु केही गर्न सक्दैनन् । उनीहरुको जीवन पीडादायी छ । ‘चाक टेक्दैनन् । खुट्टा टेक्दैनन । सुतेको सुतेकै गर्छन्’, आमा मनमायाले भनिन् ।
उनीहरुका बुबा लक्ष्मण सेवानिवृत्त नेपाली सैनिक हुन् । नेपाल तामाङ घेदुङमा आवद्ध रहेर सामाज सेवामा क्रियाशिल समेत रहेका लक्ष्मण बाँकी सबै समय अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा बित्छ । लक्ष्मणकी श्रीमती मनमायाको दिनचर्या नै अपाङ्ग छोराछोरीको स्याहारसुसार गर्नु हो । ‘छोराछोरीलाई खाना खुवाउनु, पिलाउनु र दिशापिसाव सोहोर्दै मेरो दिन बित्छ’, मनमायाले भनिन्, ‘भोक लाग्यो, तिर्खा लाग्यो भन्न सक्दैन, ‘आफै बुझेर खुवाउनु पर्छ । पिलाउनु पर्छ ।’

तामाङ दम्पतिले आफ्ना अपाङ्ग छोराछोरीको उपचार गराउन नेपालका नाम चलेको अस्पतालहरु लगे । भारत पनि लगे । तर २० को १९ भएन । झन्झन् थलिँदै गयो । जीवन पीडादायी बन्दै गयो ।
अपाङ्ग छोराछोरीको उपचारका लागि देशविदेशबाट हालसम्म ११ लाख रुपैयाँ सहयोग प्राप्त भएको बुबा लक्ष्मणले बताए । उनले सुन पसलमा ब्याजमा लगानी गरेको र त्यहीँ ब्याजबाट छोराछोरीको पालनपोषण गरिरहेको बताए ।

त्यसो त सरकारले पनि सामाजिक सुरक्षाअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गर्ने मासिक भत्ता उनीहरुलाई पनि उपलब्ध गराइरहेको छ । त्यसबाहेक इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रयासमा ती अपाङ्ग बालबालिकाहरुको जीवन निर्वाहका लागि वार्षिक एकलाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । यसवर्ष उपमहानगरपालिकाले एक लाख रुपैयाँ सहयोग प्रदान गरेको तामाङ दम्पतिले बताए । तामाङ दम्पतिलाई सहयोग गर्न चाहाने महानुभावहरुका लागि मोबाइल नं।९८४२०७८४५४ र ९८१६३६७१२८ उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!