शुक्रबार, बैशाख १२, २०७७ || 628  पटक पढिएको

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४ मोतिगडामा पनि २० जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा प्रदेश जनस्वास्थ्य कार्यालयका चिकित्सकसहितको टोलीले सिवाईमा ५८ मुस्लिम नागरिकको कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । सिवाईको रामजानकी टोल, टोकनी टोल, बडेरुवा र अजगरा टोलमा सङ्कलन गरिएको स्वाब नमूनाको परीक्षण विराटनगरमा सम्पन्न भएर रिपोर्ट आएपछि आवश्यक परे सोहीअनुसार थप स्वाब नमूना सङ्कलन गरिने नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताउनुभयो । भुल्केसहित मोतिगडाका सात स्थान र सिवाईका आठ स्थानलाई अहिले स्वास्थ्य कार्यालय उदयपुरले कोरोनायुक्त वा खतरायुक्त स्थानको रूपमा राखेको कार्यालयले जनाएको छ । भुल्केमा १२ भारतीय मुस्लिम धर्मगुरुसहित १६ स्थानीय कोरोना सङ्क्रमित र सिवाईका तीन टोलका मुस्लिम समुदायबीच दैनिक आवतजावत र उठबस भएका कारण पनि सिवाईलाई कोरोना खतरायुक्त क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मोतिगडा क्षेत्र पनि भुल्केसँंगै जोडिएको र मोतिगडामा मुस्लिम बासिन्दाहरु नभए पनि भुल्केसँग आवतजावत हुने क्षेत्र भएकाले मोतिगडालाई पनि खतरायुक्त क्षेत्र घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!