शुक्रबार, बैशाख १२, २०७७ || 868  पटक पढिएको

दार्चुलाबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन सांसदबाट स्वास्थ्य सामग्री खरिद गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले खरिद गरी पठाएको स्वास्थ्य सामग्रीलाई मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई हस्तानतरण गर्नुभएको हो ।

जिल्लाका नौ स्थानीय तह, दुई अस्पताल र एम्बुलेन्स चालकका लागि स्वास्थ्य सामग्री खरिद गरी बिहीबार विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ पौडेललाई हस्तान्तरण गरिएको हो ।

स्थानीय तहका स्वास्थ्य संस्थामा इन्फारेड थर्मामिटर नौ थान पठाइएको छ । नौ वटै स्थानीय तहलाई एक–एक दिने गरी पठाइएको छ । यस्तै एन–९५ मास्क ३० थानमध्ये १५ थान जिल्ला अस्पताल र १५ थान गोकुलेश्वर अस्पतालका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!