खबर ठुलो छ

कोरोना भाइरसको उपचारपछि निको भएर घर आएका युवालाई भव्य स्वागत गरिएको छ । कोरोनाको उपचारपछि धादिङबेँसी आइपुगेपछि जिल्ला अस्पताल धादिङमा फूलमाला र खादा लगाएर स्वागत गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज गरिएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–२ का ३२ वर्षीय उरबहादुर तामाङलाई धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले धादिङबेँसी ल्याउनुभएको हो । धादिङबेँसी आइपुगेपछि उहाँलाई सुरक्षित स्थानमा राखिएको छ । युएइबाट गत चैत ६ गते नेपाल आउनुभएका तामाङ चैत १० गते कोरोनाको लक्षण देखिएपछि आइसोलेसनमा भर्ना हुनुभएको थियो । जिल्लाको नागरिक कोरोनाको उपचारपछि जिल्लामा स्वागत गर्न पाउँदा खुशीसँगै उहाँलाई स्वागत गरेको जिल्ला अस्पतालका अध्यक्ष धमलाले बताउनुभयो । घर फर्किएका तामाङले शुरुमा आफूलाई मर्छुजस्तो लागेको भए पनि अस्पतालका कर्मचारी, चिकित्सक र नर्सहरुको व्यवहारले आफू छिटो निको भएको बताउनुभएको छ । उपचारपछि धादिङ आएका तामाङले स्वास्थ्यकर्मीको हौसाला र आत्मबल बलियो भएमा कोरोना सजिलै निको हुने बताउनुभयो । –––

शुक्रबार, बैशाख १२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया