शुक्रबार, बैशाख १२, २०७७ || 676  पटक पढिएको

आज वैशाख १२ गते । ५ वर्ष अघि आजकै दिन देशले महाभूकम्पको त्रासदी भोग्नुपरेको थियो । २०७२ को महाभूकम्पबाट झण्डै ९ हजार मानिसले ज्यान गुमाएको तथ्यांक छ ।

२२ हजार मानिस घाइते भएको भूकम्प गोरखाको वारपाक केन्द्र बिन्दु भएर गएको थियो । ७.८ म्याग्निट्युडको भूकम्पले ठूलो जनधनको क्षति पुर्यायो । देशका पुरातात्विक क्षेत्रमा ठूलो क्षति पुग्यो ।भूकम्पको ५ वर्ष पूरा भइसक्दा पनि कतिपय पुर्ननिर्माणको काम सकिएको छैन । निर्माणमा निकै ढिलाई भएको गुनासाहरु अझै छन् ।

महाभूकम्पको वर्ष देशले एकपछि अर्को चुनौतीको सामना गर्नुपरेको थियो । एकातर्फ देश चुनौतीपूर्ण घडीमा थियो भने अर्कोतर्फ संविधान निर्माण प्रक्रियामा थियो । दलहरुले यस्तो घडीमा पनि संविधान जारी गरेका थिए । यसले देशमा फेरि राजनीतिक द्धन्द्ध बढायो । तराई केन्द्रित दलहरुले नाकाबन्दी गरेर निकै ठूलो अभाव खडा गरिदिएका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!