बिहिबार, पौष ०३, २०७६ || 1485  पटक पढिएको

हिपमत डटकम
ताप्लेजुङ, पौष ३ गते ।ताप्लेजुङको फक्तालुङ ६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा फक्तालुङ-५ लामाटर बस्ने १८ बर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ बर्षीय सुजन राई रहेका छन । हिजो बिहान १० बजे घर नजिकै रहेको फेदी जंगलमा मालिङगो काटन भनि हिडेका दुबै जना घर फर्की नआएपछी खोजी गर्दै जाने क्रममा सोही जंगलको भीरबाट लडी दुबै जना मृत अवस्थामा फेला परेको भनि साँझ साढे ६ बजे आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ कानुनी कारबाहीको लागी सिमा प्रहरी चौकी घुन्सा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गएको सोही कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!