बिहिबार, बैशाख ११, २०७७ || 1052  पटक पढिएको

विभिन्न अभियोगमा कतारको जेलमा रहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।विश्व महामारीको अवस्थालाई मध्य नजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए । सोही आममाफी अन्तरगत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहा हुन लागेको कतारस्थित नेपाली राजदूतावासले जानकारी दिएको हो ।हाल कतारको जेलमा १३ जना लागू औषध कारोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

https://www.facebook.com/eondoha/posts/3333674649995112

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!