कोरोना रोकथामका लागि पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाले रु पाँच लाख सहयोग गरेको छ । संस्थाका अध्यक्ष विष्णु बरालसहितको टोलीले महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । महानगर प्रमुख जिसीले महानगरको अभियानमा सघाउन खानेपानी तथा सरसफाइ संस्थाले गरेको सहयोग सराहनीय रहेको बताउनुभयो । उहाँले विपत्को अवस्थामा महानगरका सङ्घसंस्था एवं व्यक्तिहरुले पनि राहत सहयोग गरेर योगदान पु¥याइरहेको बताउनुभयो । उहाँले सहयोग रकमको सदुपयोग भए÷ नभएको निगरानी गर्न पनि संस्थालाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष बरालले महानगरको प्रयासमा सहभागिता जनाएर संस्थागतरूपमा सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो । पोखरा महानगरपालिकाको राहत कोषमा बधुबारसम्म रु चार करोड दुई लाख ८७ हजार ८९९ जम्मा भएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ । मानवसेवा आश्रमलाई मिड टाउनको सहयोग लायन्स क्लब अफ पोखरा मिड टाउनले मानवसेवा आश्रम पोखरालाई सहयोग गरेको छ । क्लबले आश्रमलाई आवश्यक सरसफाइका सामग्री सहयोग गरेको हो । मातातीर्थ औँसीको अवसर पारेर क्लबले आश्रममा सहयोग गरेको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज आमा औँसी हो, विभिन्न परिस्थितिले परिवारबाट टाढा हुन पुग्नुभएका आमालगायत मानवसेवा आश्रममा आश्रित ११० जनालाई खान खुवाएर सरसफाइका सामग्री सहयोग गरेका हौँ ।” कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी–१ का क्याबिनेट सेक्रेटरी विनोद ढुङ्गानाले सामाजिक क्षेत्रमा मिड टाउनले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभयो । उहाँले क्लबका सदस्यबाट सङ्कलित रकमबाट आश्रमलाई सहयोग गरिएको कार्यक्रम संयोजक सङ्गम गुरुङले जानकारी दिनुभयो । सहयोगी सङ्घसंस्था तथा व्यक्तिको सहयोगबाट मानवसेवा आश्रम चलेको मानवसेवा आश्रम गण्डकी प्रदेशका संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण मुलुक लकडाउन भएपछि क्लबले यस अगाडि मजदुरलगायत विपन्न वर्गका नागरिकलाई खाद्यान्नलगायतका सामग्री सहयोग गरिसकेको क्लबका सचिव विकास भुर्तेलले जानकारी दिनुभयो ।