प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ । प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरुमा २६ जना पुरुष र २ जना महिला रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको । संक्रमितमध्ये १६ जना नेपाली नागरिक र १२ जना भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकहरुमध्ये ४ जना मोरङका रहेका छन् ।
११ जना उदयपुर त्रियुगा ३ भूल्केका रहेका छन् । एक जना सप्तरीका रहेका छन् । उनिहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार हुँदैछ भने अवस्था सामान्य रहेको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल १ हजार ९२ जना पुगेको छ । २४ जना पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७ सय ९४ र पुरुष ४ हजार १ सय १६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!