बिहिबार, बैशाख ११, २०७७ || 887  पटक पढिएको

महालक्ष्मी नगरपालिकाले दोस्रोपटक कोरोना भाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आई लुकेर बसेका नगरवासीको पहिलोपटकको कोरोना परीक्षणमा छुटेकोको दोस्रोपटक परीक्षण गर्न लागेको हो । परीक्षणका लागि बुधबारसम्म नाम टिपाउने नगरवासीको सङ्ख्या ८२ पुगिसकेका नगरपालिका प्रमुख रामेश्वर क्षेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय बढी नगरवासीले दोस्रोपटक कोरोना परीक्षण गर्ने स्थिति देखिएको छ ।” यसपटक जनप्रतिनिधि, स्वयंसेवक र स्वास्थ्यकर्मीले विदेशबाट आई घरमा बसेका सबैलाई खोजी–खोजी कोरोना परीक्षण गर्न बोलाएको श्रेष्ठले बताउनुभयो । नगरपालिकामा जनघनत्व ठूलो भएकाले यी व्यक्ति पहिलो चरणमा छुटेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताउनुभयो । गोदावरी नगरपालिकाले पनि दोस्रोपटक ¥यापिड परीक्षण गर्ने भएको छ । पहिलोपटक परीक्षणमा उपस्थित नभएका नगरवासीलाई ध्यानमा राखी दोस्रोपटक परीक्षण गर्न लागिएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यता ललितपुर महानगरपालिकाले यही वैशाख २ र ३ गते पहिलो चरणमा २५६ र वैशाख ९ गते दोस्रो चरणमा ८३ जनाको ¥यापिड परीक्षण गरिसकेको छ । छिमेकी देशबाट कोही लुकेर महानगरपालिका प्रवेश गरेका छन् भने आवश्यकताअनुसार तेस्रोपटक पनि कोरोना परीक्षणका लागि कदम अघि बढाउन सकिने महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताउनुभयो । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा कोरोना परीक्षण सम्पन्न भइसकेको छ । वाग्मतीका २१ गाउँवासीले वैशाख ८ गते ¥यापिड डायग्नोष्टिक परीक्षण गराइसकेका गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चले बताउनुभयो । कोञ्ज्योसोमले वैशाख ४ गते १२ जना विदेशबाट फर्किएका नागरिकको ¥यापिड परीक्षण गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले बताउनुभयो । महाँकालले वैशाख ४ गते १० जना विदेशबाट फर्किएका गाउँवासीको ¥यापिड परीक्षण गरिसकेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!