हिपमत डटकम
पोखरा, २८ मंसिर ।६३ बर्षिया टिका माया कुमाल मंगलबार करिब तीन बजे तिर हसिँया लिएर घरबाट निस्केकी थिईन् । श्रीमान घरमै काम गरिरहेको थिए । श्रीमती घाँस लिन गईन भनेर उनी ढुक्क भए तर राती हुँदा सम्म श्रीमती घरमा आईनन् । सदा झै छोरीको घरमा जाने गरेकी टिका माया मंगलबार राती सम्म घरमा नआएपछि आफन्त र छरछिमेकमा खोजी भयो उनको अत्तोपत्तो भएन । बुघबार बिहान कुलाको नालीमा उनको शब फेला पर्यो । घटना कास्की जिल्ला पोखरा महानगरपालिका २७ को हो । बुघबार बिहानै गाई फार्ममा काम गर्ने मान्छेले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुचुल्का तयार गरी पोष्र्टमाटमको लागी गण्डकी अस्पताल लगेको थियो ।
स्थानीयका अनुसार टिकामायाले अत्याधिक रुपमा रक्सी सेवन गर्ने र रक्सीकै कारण उनी नहरमा परेको अनुमान गरेका छन् । नहरमा पानी सानो हुदा हुँदै पनि उनको मृत्यू कसरी भयो भन्ने कुरा आफुहरु पनि अचम्मीत भएको स्थानीयले बताए । सधै रक्सीकै तालमा हिडेको देखेको प्रत्यक्षदर्शीले समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!