हिपमत डटकम
ईटहरी ,पौष २।अधिकांश छायांकन दार्जिलिङ हुने चलचित्र ‘चालबाज’ मा एकपछि अर्को कलाकार भित्रने र बाहिरिने क्रम चलिरहेको छ । केही दिन अगाडि नव-अभिनेता अविनाश प्रधानले पारिवारिक कारण देखाउँदै चलचित्र छाडेका थिए । उनको ठाउँमा निर्माण टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्ध गर्‍यो । अविनाशपछि अभिनेत्री केकी अधिकारीले पनि चलचित्र नगर्ने निर्णय लिएकी छन् ।
हातमा परेको चलचित्र हत्तपत्त नउम्काउने उनले छायांकनरत चलचित्र ‘झिँगेदाउ’ का कारण ‘चालबाज’ छाड्नु परेको हो । शुक्रबार उनी यो चलचित्रका लागि दार्जिलिङ पुग्ने तयारीमा थिइन् । तर, ‘झिँगेदाउ’ को निर्धारित समयमा छायांकन नसकिएपछि उनले उक्त चलचित्र गर्न असमर्थ भएकी हुन् । यसबीच, निर्माण टिमले उनको ठाउँमा अभिनेत्री वर्षा सिवाकोटीलाई अनुबन्ध गरेको छ ।

अभिनेत्री वर्षा स्वयंले आफू ‘चालबाज’ मा भित्रिएको जानकारी दिइन् । उनले भनिन्, ‘केकी (अधिकारी) दिदीले चलचित्र ‘झिँगेदाउ’ को छायांकन नसकिएका कारण ‘चालबाज’ गर्न सक्नुभएन । म उहाँको ठाउँमा भित्रिएकी हुँ ।’ उनले आफ्नो भूमिका राम्रो लागेका कारण चलचित्र गर्न तयार भएको बताइन् । उनी यो चलचित्रको छायांकनका लागि बिहीबार दार्जिलिङ प्रस्थान गर्दैछिन् ।
अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको जोडी बाँधिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!