बिहिबार, बैशाख ११, २०७७ || 892  पटक पढिएको

लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन् । लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ, जसले गर्दा एग्रोभेट सेन्टर बन्द हुनुका साथै कृषिजन्य सामग्री ढुवानी र खेतीबालीका अन्य काम प्रभावित भएका छन् । स्थानीय प्रशासनले बीउबिजन, मलखाद पसललाई अत्यावश्यकीय सेवामा समावेश नगर्दा किसानलाई सेवा गर्न नसकेको व्यवसायीले गुनासो पोखेका छन् । “यतिबेला बर्खेबाली लगाउने बेला हो, पसल बन्द गर्नुपरेको छ”, वीरेन्द्रनगर जुम्ला रोडस्थित समृद्धि एग्रोभेटका सञ्चालक यामप्रसाद शर्माले भन्नुभयो, “कृषकले न तरकारी लगाउन पाएका छन् न त धानको ब्याड नै राख्न सुरसार गरेका छन् ।” लकडाउनले गर्दा ताजा तरकारीका साथै धान उत्पादनमा भारी गिरावट आउने उहाँको चिन्ता छ । मल, बीउ नपाउँदा नयाँ बाली लगाउन ढिलाइ भएको छ । प्रशासनले एग्रोभेट सञ्चालन गर्न नदिँदा किसानले करेसाबारी, खेतीबालीमा काम गर्न सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रत्ना बिसीले बीउ नपाएका कारण जग्गा बाँझो राख्नुपर्ने पीर बढेको बताउनुभयो । “खेतमा लगाएको गहुँ काटेर सकियो, तरकारी खेती लगाइसक्नुपर्ने हो”, उहाँले भन्नुभयो, “मकै तथा तरकारी बाली लगाउन जमिन तयार गरेको धेरै समय भइसक्यो, मल र बीउ नपाउँदा त्यत्तिकै रोकियो ।” सरकारले लकडाउनमै मल र बीउको सहज उपलब्ध गराउन अझै ढिला गरे उत्पादनमा निकै कमी आउने कृषक बिसीको चिन्ता छ । सुर्खेत उपत्यकाको दक्षिणी भेग धान र तरकारी उत्पादन हुने क्षेत्र हो । यहाँ उत्पादित धान र तरकारीले यहाँको आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पु¥याएको कृषि क्षेत्रका सरोकारवालाले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!