बुधबार, बैशाख १०, २०७७ || 876  पटक पढिएको

भारतको दिल्ली महानगरमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार १५६ पुगेको छ । दिल्लीमा मात्र यतिधेरै संक्रमित हुन पुगेका यहाँका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बुधबार जानकारी दिएका छन् ।

यी संक्रमितमध्ये ६११ जना निको भएर घर फर्किएका जनाइएको छ । बुधबार बिहानसम्म संक्रमितको संख्या यति पुगेको र मंगलबार मात्र ७५ जना थपिएको सो समाचारमा जनाइएको छ । नयाँ दिल्लीमा रहेका यी संक्रमितमध्ये २७ जना आइसियुमा रहेका छन् भने ५ जना भेन्टिलेटरमा राखिएको स्वास्थ्यमन्त्री जैनले एएनआई समाचार समितिलाई बताए ।

यसैगरी दिल्लीका पनि कैयौँ पत्रकारलाई कोरोनाको संक्रमण भएका समाचारहरु पनि आइरहेको जानकारी उनले दिए । तर कतिजना पत्रकारलाई संक्रमण भएको छ भन्ने बारेमा भने उनले केही बताएनन् ।

त्यसैगरी महाराष्ट्र राज्यमा पनि कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि हामीहरुले विशेष व्यवस्था गर्नेछौँ, मन्त्री जैनले बताए ।

पत्रकारहरुले आफुले चाहेमा परीक्षण गर्न सक्ने पनि उनले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!