बुधबार, पौष ०२, २०७६ || 1374  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे ,पौष २।मोरङको पथरी शनिश्चरे नगरमा ५० शैयाको अस्पतालका लागि मन्त्रालयमा माग गरिने भएको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले ८१ हजार बढी जनसंख्या रहेको नगरमा ५० शैया बराबरको अस्पतालको आवश्यकता रहेकाले स्वास्थ्य तथा वातावरण मन्त्रालयमा सोको माग गर्ने निर्णण गरेको हो । हाललाई १५ शैयाको मात्र अस्पताल स्वीकृत भएकोमा स्थानीयले ५० शैयाको अस्पतालको मापदण्ड अनुसारको जग्गा उपलब्ध गराएको र थप जग्गा समेत उपलब्ध गराउन तयार भएपछि त्यस्तो माग गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकले, नगरको फोहोर संकलन गर्न फिल्डमा खटिने कर्मचारीहरुलाई निःशुल्क रुपमा स्वास्थ्य विमा गरिदिने लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!