विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको मुख्य प्रवेशद्वारमा अपाङ्गमैत्री स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन गण्डकीले ह्विलचियर छिर्न मिल्ने गरी निर्माण गरिएको स्यानिटाइजर टनेल पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा जडान गरेको हो । सेन्सर जडित सो टनेलले स्वचालित काम गर्छ भने मानिस टनेलमा प्रवेश गर्नेबित्तिकै स्वचालितरूपमा स्यानिटाइजर स्प्रे हुने गर्दछ । मानिसको सम्पूर्ण शरीरलाई स्यानिटाइजर गरी कपडामा भएको भाइरसलाई मार्ने र आवाजसहित पाँच सेकेण्ड टनेलभित्रै बस्नका लागिसमेत मेसिनबाट सन्देश प्राप्त हुने गर्दछ । एक व्यक्तिलाई स्प्रे गर्दा करिब ६० एमएल स्यानिटाइजर खर्च हुने र टनेलमा रहेको २०० लिटर ट्याङ्कले तीन हजार ४०० जनालाई स्प्रे गर्न पुग्ने एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष इञ्जिीनियर बाबुराम भण्डारीले बताउनुभयो । एशोसिएशनका सचिव सुरेश तिमिल्सिनाले राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित युवा वैज्ञानिक विकल्प ढुङ्गाना, इञ्जिनीयर सुलभ तिमिल्सिना, सुनिल दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, ध्रुव भट्टराई र विप्लव पोखरेलले टनेल निर्माण गरेको जानकारी दिनुभयो । कोरोनाविरुद्धको लडाइँमा सदैव ‘फ्रन्ट लाइन’मा रहने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई पहिलो चरणमा सम्भावित जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले प्रहरी कार्यालयमा र पश्चिमाञ्चल अस्पतालमा टनेल राखिएको महानगर प्रमुख जिसीले बताउनुभयो । हालसम्म पनि औषधि पत्ता लाग्न नसकेको कोरोनाबाट बच्नका लागि सुरक्षा सावधानी अपाउनुपर्ने पहिलो दायित्व रहेकाले महानगरका इञ्जिीनियरले प्रविधिको प्रयोग गर्दै टनेल निर्माण गरेको बताउँदै उहाँले स्वचालित टनेल सेवाग्राहीको भीडभाड रहने अन्य कार्यालयमा समेत राख्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षाका लागि खटिने प्रहरी कर्मचारी तथा ब्यारेक सुरक्षित रहनका लागि यसबाट सहयोग पुग्ने र सुरक्षाकर्मीको समेत मनोबल उच्च हुने बताउनुभयो । पोखरा महानगरले महानगर कार्यालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा टनेल जडान गरिसकेको छ । मजदुरको उद्धार कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले गाडी नचल्दा पैदल हिँडेर घर जान लागेका मजदुरको मङ्गलबार पोखरामा उद्धार गरिएको छ । मुस्ताङको घाँसामा मजदुरी गर्ने १० मजदुर बाँकेको कोहलपुर घरतर्फ जानका लागि पैदल आएका उनीहरुको स्थानीय सरकार, सुरक्षाकर्मी तथा सामाजिक सङ्घसंस्थाको सहयोगमा उद्धार गरी बसमा राखेर गन्तव्यतर्फ पठाइएको हो । पोखरा–१६ स्थित लामाचौर चोकमा मङ्गलबार बिहान आइपुगेका मजदुरलाई गस्तीमा रहेको प्रहरी टोलीले फेला पारेको थियो । वडा कार्यालयले मजदुरलाई यहीँ बसोबासको व्यवस्था गर्ने बताए पनि मजदुरले घर जाने व्यवस्था मिलाइदिन अनुरोध गरेकाले उनीहरुसहित लामाचौरका तीन गरी १३ जनालाई बसमा राखेर सम्बन्धित ठाउँतर्फ पठाइएको वडाध्यक्ष जीवन आचार्यले बताउनुभयो । घाँसाबाट हिँडेका मजदुर रातभर हिँडेर सोमबार पोखरा आइपुगेका थिए । उद्धार गरिएका मजदुरमा बाँके कोहलपुरका अर्जुन विक, समीर विक, राहुल परियार, रत्न बुढा, शिव परियार, धनबहादुर सुनार, खिरे दमै, अनिल विक, भीमबहादुर परियार, भीमबहादुर विक, प्रशान्त केसी, चन्द्रबहादुर पुन र सुरेन्द्र खत्री हुनुहुन्छ । मजदुरलाई कोहलपुरसम्म पु¥याउन लाग्ने खर्चका लागि विभिन्न सहकारी तथा व्यक्तिले आर्थिक सहयोग गरेका थिए । जय मनकामना बचत तथा ऋण सहकारी सस्थाबाट रु १० हजार, महिमा सहकारी र जयलक्ष्मी कृषि सहकारी संस्थाबाट रु सात÷सात हजार, स्वागत भण्डारीबाट रु पाँच हजार र रेश्मा शेरचनबाट रु तीन हजार सहयोग प्राप्त भएर मजदुरलाई गन्तव्यसम्म पु¥याइएको आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!