हिपमत डटकम
बीरेन्द्रकुमार साह
बिराटनगर ,पौष २।मोरङको सुनबर्शी नगरपालिकाले २१ जना किसानलाई च्याफ कटर अर्थात घाँस काट्ने मेसिन प्रदान गरेको छ।
सुनबर्शी नगरपालिका तथा किसानहरुको साझेदारिमा यो कार्यक्रम ल्याईएको हो। नगरपालिकाको -९ वटै वडामा स्थलगत अनुगमन तथा मुल्यांकनको आधारमा २१ जना कृषक छनोट गरि नगरपालिकाको ५०% तथा कृषको ५०% लागतमा यो कार्यक्रम ल्याईएको हो।
जम्मा ६ लाख ३० हजारको लागतमा २१ जना कृषकहरुलाई मेसिन प्रदान गरिएको हो।

च्याफ कटर मेसिन पाएपछी किसानहरु हर्षित भएका छन् । पुरानो शैलिमा घाँस काट्दा धेरै समय लाग्ने तथा राम्रोसंग घाँस नकाटिने समस्या रहेको र यो नगरपालिकाले प्रदान गरेको मेसिन प्रयोग गरेर पहिले भन्दा राम्रो दूध उत्पादन गर्न सकिने तथा अन्य पशुपक्षी पनी सहज रुपले पाल्न सकिने बतए
सुनबर्शी नगरपालिकाले किसान एवम् कृषकहरुलाई प्राथमिकतामा राखेको र धेरै जसो कार्यक्रमहरु कृषक तथा किसानहरुको हितमा ल्याएको सुनबर्शी नगरपालिकाका मेयर कालिप्रसाद दासले बताए।
यो एकदमै नयाँ कार्यक्रम हो।यस्तो खालको कार्यक्रम किसानहरुको दूध तथा मासु उत्पादनमा थप टेवा पुग्ने पशुपक्षी शाखा अधिकृत अनिल झाले बताए।
कार्यक्रमामा सुनाबर्शी नगरपालिकाका मेयर कालीप्रसाद दास,उपमेयर मंजु राईको उपस्थिति रहेको थियो भने कार्यक्रम रन्जीत झाले संचालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!