मंगलबार, बैशाख ०९, २०७७ || 948  पटक पढिएको

प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडिटी) र थ्रोट स्वाब (पिसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पिसीआर) बाट ६५९ जना रहनुभएको छ । विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट नमूना परीक्षण गरिन्छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा बसेकाको आरडिटी विधिबाट स्थलगतरूपमा परीक्षण गरिरहेको मुख्यमन्त्रीको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या सोमबारसम्म ८२५ पुगेको छ भने १० घर फकिएका छन् । यस्तै आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा आठ महिलासहित ३५ बसिरहेका छन् । होम क्वारेन्टाइनमा चार हजार ३४३ जना बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!