उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केका थप ८ जनामा कोरोना संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल धरान लगिएको छ । केही दिनअघि भुल्केमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएकामध्ये आठ जनामा कोरोना सङ्क्रमणको शंका लागेपछि धरान पठाइएको जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए । ‘स्वाबको पुनः परीक्षणका आठ जनालाई धरान लगिएको हो, संक्रमण भएको नभएको पुष्टि परीक्षण पछि मात्र थाहा हुन्छ’ सुवेदीले रोतोपाटीसँगको कुराकानीमा भने । केही दिनअघि भुल्केको मस्जिदमा १२ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसलगत्तै वरिपरिको बस्तीलाई लक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!