“कोभिड १९” को महामारी बाट उत्पन्न महासंकट मा अतिविपन्न नागरिक को आँखा टट्याउन्जेल बाटो कुर्ने स्वभाविक स्वभावलाई कसरी नजरअन्दाज गर्न सक्छौं र त्यसैले अदृश्य शत्रुको भय बाट आफ्नो साथीहरूको जीवन रक्षा गराउनु पर्ने नैतिक जिम्मेवारी का साथ फरक योजना बाट “लकडाउन” अवधिभर कोशी अंचल अस्पताल का विरामी कुरुवा का साथै दु:खपीडा मा छट्पटिएर उपस्थित सबैलाई बेलुकाको एक छाक खाना खुवाउने हाम्रो अभियान निरन्तर रहन्छ ! आज पन्ध्रौं दिन नेपाल तरुण दल मोरङ ले करिब ३७०० मा भोजन ग्रहण गरिसकेको तरुण दल अध्यक्ष प्रभाकर थापाले जानकारी दिए त्यसैले यस महाअभियान मा साथिहरुलाई बिना संदेह सरिक हुन पुन: आग्रह गर्दछु ! नियमित अग्रसरता का साथ सेवामा तल्लिन दलको कार्य समिती, नेपाल तरुण दल महानगर समिती, नेपाल विद्यार्थी संघ मोरङ साथिहरु साथै कार्यक्रम मा निरन्तरता दिनुहुने परोपकारी मनहरुलाई सांधुवाद ! जय नेपाल !! जय तरुण