मंगलबार, बैशाख ०९, २०७७ || 861  पटक पढिएको

कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो।

नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई स्वीकार गर्दैसम्झौतापत्र पठाएको थियो। सम्झौता भएको दुई दिनभित्र नेपालले रकम पठाउनुपर्ने नियमअनुसार सोमबार रकम पठाइएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार पैसा पठाएको एक सातामा स्वास्थ्य सामग्री आइपुग्नेछ। सम्झौताअनुसार ६७ किसिमका ३ सय ४० टन स्वास्थ्य सामग्री चीनबाट ल्याइनेछ।

सरकारले नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेसँगै कोभिड १९ क्राइसेस म्यानेजमेन्ट सेन्टर अपरेसन ९सिसिएमसी–अप्स० मार्फत खरिद प्रक्रिया अघि बढाइएको हो। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री ल्याउन लागेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!