मंगलबार, बैशाख ०९, २०७७ || 839  पटक पढिएको

घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ ।

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।

खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ ।

बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!