सोमबार, बैशाख ०८, २०७७ || 507  पटक पढिएको

जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिंँजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा स्थापित कक्षमा स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बतानउनुभयो । जिल्लाभर २६३ जना १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । हाल १३ पुरुष मात्र क्वारेन्टाइनमा रहेको र जिल्लाका ३३९ जनाको स्वाब पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बञ्जाडेले बताउनुभयो । पाँच सय सवारीसाधन कारबाहीमा लकडाउन पालाना नगर्ने करीब पाँच सय सवारीसाधन जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रण लिई कारवाही गरेको छ । मोटरसाइकल ४३० र चारपाङ्गे्र ८३ सवारी साधन प्रहरीले नियन्त्रण लिएको जनाइएको छ । सम्बन्धित निकायबाट जारी गरेको पास लिएका सवारी साधनबाहेक अरुमाथि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालबहादुर धामीले बताउनुभयो । घरघरमा जनप्रतिनिधि जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि कोराना भाइरसविरुद्ध सेवा प्रवाह गर्न घरदैलामा पुगेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ फैलिन नदिन सक्रिय नभई लकडाउनका कारण काम गर्न नपाएका मजदूर एवं न्यून आयस्रोत भएका स्थानीयबासीलाई र घरघरमै पुगेर राहत वितरण गर्ने गरेको हिमा गाउँपालिका वडा नं १ की नन्ददेवी सार्कीले बताउनुभयो । कोरोनाविरुद्ध वडाबासीलाई चेतना दिन वडाध्यक्षको नेतृत्वमा चार सदस्यीय टोली परिचालन गरिएको तिला १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!