हिपमत डटकम
काठमाडौं,पौष २।
गड्स अफ हेभन इभेन्ट्स प्राइभेट लिमिटेडले आयोजना गरेको ‘म्यान अफ द वर्ल्ड नेपाल’ को सेमीफाइनल सम्पन्न भएको छ । यहि मङ्सिर २९ गते सोल्टी होटलमा भएको कार्यक्रमबाट टप ३ फाइनालिस्ट छानिएको छ । यहाँबाट टप ३मा परेका प्रतियोगीले अस्ट्रेलियामा हुन गइरहेको नेपाल ओसियानाको मिस्टर मिस र मिसेस प्रतियोगितामा भाग लिने छन् । उक्त प्रतियोगितामा बिजेता भएपछि भने म्यान अफ द वर्ल्ड नेपाल २०२०को टाइटल प्रदान गरिने छ ।

१३ सहभागीमध्ये टप ३मा प्रिन्स मिलिनियम सुब्बा, राजेन्द्र रावल र सन्दिप राज पन्त पर्न सफल भएका छन् । उक्त कार्यक्रममा मल्टिमिडिया अवार्ड र मिस्टर ट्यालेन्ट निश्चल बिश्वकर्मा, फिजीक प्रिन्स सुब्बा, बेस्ट वाक जनक थापा मगर, फोटोजेनिक मनिष ढकाल र पव्लिक च्वाइस चिरन्जीवी थापा बन्न सफल भए ।

सुभेक्षा थापाले संचालन गरेको प्रतियोगितामा सुरज सिंह ठकुरी, स्नेहा श्रेष्ठ, राम चन्द ठाकुर महेश्वर महर्जन र शामिम अनवरले निर्णायक भूमिका निर्वाह गरेका थिए । म्यान अफ द वर्ल्ड नेपालको बिजेता बनेमा ‘भ्रमण बर्ष २०२० ‘ प्रमोसनको लागि के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृस्ट जवाफ दिएर उनीहरु टप ३मा पर्न सफल भएका हुन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड’ को फ़्रेन्चाइजको रुपमा यो प्रतियोगिता आयोजना गरिएको हो । फिलिपिन्सको कार्यक्रममा नेपालको बिजेताले प्रत्येक वर्ष फिलिपिनमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ । यस अघि नेपालका २बिजेताले प्रतियोगितामा भाग लिईसकेका छन् । सो भन्दा पहिलेअस्ट्रेलियाको सिड्नीमा यहि फेब्रुअरी ८मा हुन गइरहेको प्रतियोगितामा नेपाल बिजेताले भाग लिने छन् र फिलिपिन जानको लागि छानिने गड्सका धुर्व बुढाथोकीले बताएका छन् ।–

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!