सोमबार, बैशाख ०८, २०७७ || 771  पटक पढिएको

ताप्लेजुङको फुङलिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक लाख ११ हजार १११ सहयोग गरेको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको उक्त कोषमा जम्मा हुने गरी आइतबार प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई सो रकम बराबरको चेक प्रदान गरिएको नगरपालिकाले जनाएको छ । सम्पूर्ण मुलुकवासीले समस्या भोगिरहेको अहिलेको विषम परिस्थितिमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आन्तरिक आय स्रोतबाट जम्मा भएको रकम सहयोग गरेको नगर प्रमुख छत्रपति प्याकुरेलले बताउनुभयो । यसअघि सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) ताप्लेजुङले समेत केन्द्र सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० हजार सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!