सोमबार, बैशाख ०८, २०७७ || 679  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गर्नुभएको हो । उहाँले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा हार्दिक धन्यवाद पनि दिनुभएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लक्कीचुहा नगरपालिकाका युवक राज विक आइतबार साँझ घर फर्कनुभएको थियो । यसअघि काठमाडौँमा दुई र बाग्लुङमा एक कोरोना सङ्क्रमित उपचारपछि घर फर्कनुभएको छ । हालसम्म नेपालमा ३१ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!