सोमबार, बैशाख ०८, २०७७ || 633  पटक पढिएको

कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले बताउनुभयो ।
विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी र प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर वलीले बताउनुभयो । सङ्क्रमित र ती आएको सवारी साधन सूक्ष्म रूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने कार्यलाई यहाँका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् । दैलेखमा निर्माण गरिएका ९५० क्वारेन्टाइनमा अहिलेसम्म सात जना मात्र बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!