सोमबार, बैशाख ०८, २०७७ || 730  पटक पढिएको

नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएपनि भारतबाट लुकीछिपी नेपाल आउने क्रम अझै रोकिएको छैन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मात्रै पछिल्लो एक सातामा लुकिछिपी नेपाल पसेका ८ जना भारतीयलाई क्वारेन्टाइन पठाएको छ ।

उनीहरु रुपन्देहीकै धकधही र नवलपरासीको ठुटीबारी क्षेत्रबाट नेपाल पसेका थिए । तीलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले लकडाउनका बेला लुकेर आएकामा नेपालमै मजदुरी गर्ने भारतीय नागरिक रहेको बताए । ‘नेपालमै लामो समय काम गरेको र आफ्नो परिवार यतै भएकाले रातको समयमा लुकेर आएको ती व्यक्तिहरुले बताएका थिए’ नगरप्रमुख घिमिरेले भने । लकडाउन कडा पारीएको भनिएका बेला लुकेर आएका ती भारतीय नागरिकबारे स्थानीयहरुले नगरपालिकालाई खबर गरेपछि नगरले सुरक्षाकर्मीहरुको सहायतामा क्वारेन्टाइन पठाइएको हो । आठै जनाको स्वास्थ्य अवस्था अहिले सम्म सामान्य रहेको नगरप्रमुख घिमीरेले जानकारी दिए ।

भारतीय नागरिकहरु नै लुकिछिपी बस्ती पस्न थालेपछि स्थानीय तहहरुलाई लकडाउन कार्यान्वयनमा चुनौती थपीएको छ । नेपालमा लुकिछिपी बसेका भारतीय नागरिकमा कोरोना संक्रमण भएका खबर आइरहेका बेला सीमापारीबाट लुकेर आउने क्रम नरोकीदा स्थानीय त्रसित छन ।नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!