मंगलबार, पौष ०१, २०७६ || 1322  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे,पौष १।पुसपूर्वपश्चिम विद्युतीय रेलमार्गको एउटा स्टेशन पथरी शनिश्चरेमा पनि रहनु पर्ने जनप्रतिनिधि र स्थानीयले आग्रह गर्दै सुझाव दिएका छन् ।
प्रदेश १ मा एकसय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई हुने क्रममा आज नगर प्रमुख दिलिपकुमार राईले त्यस्तो सुझाव दिएका छन् । उनले दमक र उर्लावारीमा स्टेशन हुँदा पथरी शनिश्चरेमा पनि हुनुपर्ने सुझाव दिएका हुन् । कार्यक्रममा, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, न्यायिक समिति सदस्य पर्शुराम न्यौपानेले पनि सोहीखाले सुझाव दिएका छन् ।

आज पथरीशनिश्चरे नगरमा रेल विभागले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीका बासिन्दाले रेलवे निर्माणको सहर्ष स्वागत गर्दै ८ वटा सुझाव दिएका हुन् । जसमा, स्थानीय चलनचल्तीको मुल्यका आधारमा जग्गाको मुआब्जा दिइनुपर्ने, ऐलानी जग्गाको मुआब्जाको व्यवस्थापन उचित गरिकाले गर्नुपर्ने, सरकार बनको जस्तै गरी सामुदायिक वन क्षेत्रको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सुझाव छन् । यसका साथै दमक र उर्लावारीमा स्टेशन ज्यादै नजिक दुरीमा रहेकाले त्यसलाई पुर्नविचार गरी पथरीशनिश्चरेमा पनि स्टेशन राखिनु पर्ने सहितको सुझाव पठाइएको छ ।

यसका साथै रेलबाट हुने प्रदुशषणको उचित समाधान, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसँगको सहकार्य हुनुपर्ने, जमिन खण्डिकरणको उचित समाधान गर्नुपर्ने र रेलवे वनाउँदा पानी निकासको उचित ड्रेन निर्माण गरिनुपर्ने सुझाव दिइएको छ । स्थानीयले छिटो गरी रेलमार्गको काम थाल्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य चण्डीप्रसाद राई सहितले स्थानीयसँगको सहकार्यमा व्यवस्थित रुपमा योजना अघि बढाउनु पर्ने सुझाव दिए । कानेपोखरी गाउँपालिकाका ७ का सदस्य धनबहादुर लिम्बू, बेलबारी ३ का अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, ४ नम्वर वडाध्यक्ष रामकुमार राईले समेत सुझाव दिएका छन् । स्थानीय अगुवाहरु टीकाप्रसाद दंगाल, नविन राई, बोधप्रसाद पराजुली, प्रेम ढकालको पनि सुझाव उस्तै छ ।

पथरीशनिश्चरे र कानेपोखरीमा जग्गाको दोहोरो स्वामित्व रहेकाले जग्गा भोग गर्ने र पूर्जा मात्र बोक्नेहरुबीचको समस्या रहेकाले मुआब्जा प्रदान गर्दा न्यायोचित उपाय अपनाउन पनि सुझाव दिइएको छ ।

पथरी शनिश्चरेमा वडानम्वर ९ को महेन्द्रचोकबाट केही उत्तरबाट पूर्वपश्चिम फैलिने रेलवे ९, २, ३, ४, ७ नम्वर वडालाई छुने छ । पूर्वपश्चिम रेलवे परियोजना अन्तरगत इरुवादेखि काकडभिट्टा र विराटगरदेखि इटहरीसम्मको प्रस्तावित रेलवे परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएपछि प्रभावित क्षेत्रको ४ स्थानमा सार्वजनिक सुनुवाई थालिएको छ । मंसिर २९ गते विराटनगर, ३० गते इटहरी, पुस १ मा पथरीशनिश्चरे र २ गते विर्तामोडमा कार्यक्रम राखिएको छ ।

रेल विभागले तयार पारेको प्रस्तावित इनरुवा काकडभिट्टा रेलवेको लम्बाई १०६.५९ किलोमिटर र विराटनगर–इटहरी लिङक रेलवेको लम्बाई २०.१६ किलोमिटर हुनेछ । कुल १२६.७५ किलोमिटर विद्युतीय रेलवे परियोजना निर्माणको लागत ९० अर्ब दुई करोड ८२ लाख ८६ हजार रुपैयाँ लागत अनुमान सहितका यावत अवस्थाका बारेमा योजनातयारकर्ता इन्जिनियर अभिषेक वीसीले जनाए । पूर्वपश्चिम मुख्य सडकबाट २ किलोमिटरदेखि अढाई किलोमिटर दक्षिणमा रेलवे हुने वताए । १० मिटरदेखि १२ मिटर उचाईको रेवलेलाई पुरै तारवारले घेरा गरिने उल्लेख गरेका छन् । प्रस्तावित रेलवेको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) अध्ययन गरेका विज्ञ रिकेश चित्रकारका मुआब्जा र रेलवेज निर्माणका लागि ९० अर्ब लागत अनुमान गरिएको बताए ।

दुईवटा रेलवे निर्माण गर्दा ६ सय ३५.७७ हेक्टर जग्गा अभिग्रहण गर्नुपर्नेछ । ५० मिटर चौडाई क्षेत्रको मुआब्जा दिने छ । ७ दशमलव ५ मिटरको रेलवेको चौडाई हुनेछ । तीमध्ये ५ सय १२ हेक्टर कृषकको खेती योग्य जमिन पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!