हिपमत डटकम
बिराटनगर,पौष १।
फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघको पहिलो र ऐतिहासिक केन्द्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।महासंघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । गत जेठ महिनामा लुम्बिनीमा सम्पन्न भएको राष्ट्रिय भेलामा ऐतिहासिक नगरी विराटनगरमा पहिलो केन्द्रिय महाअधिवेशन सम्पन्न गर्ने भएको निर्णय बमोजिम भोलिदेखि सो महाधिवेशन हुन गईरहेको हो । विराटनगर हरेक ऐतिहासिक घटनाक्रमको साक्षी भएकाले देशभरिका फोटो पत्रकार र पर्यवेक्षक पत्रकारहरुलाई विराटनगरको राजनीतिक, औद्योगिक, शैक्षिक, पर्यटकीय र ऐतिहासिक विषेशतासँग साक्षात्कार गराउन यो महाधिवेशनले उल्लेखनीय भुमिका निर्वाह गर्ने महाधिवेशन मुल आयोजक समितिका संयोजक वेदराज पौडेलले बताउनुभएको छ । उहाँले यो ऐतिहासिक महाधिवेशनमा प्रदेश नम्बर १ का अग्रज पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही २१ हजार १ सय नगद सहित सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी दिनुभएको छ ।

साथै महाधिवेशनले पुस ३ गते बिहान ८ बजे उद्घाटन सत्र पश्चात पुस ४ गते बिहान प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई विराटनगरको अतिथिसदनबाट भेडियारीमा रहेको विराटराजाको दरबार अवलोकन, सुनसरीको बर्जु गाउँपालिकामा रहेको ऐतिहासिक महाभारतकालिन बर्जु तालको निरीक्षण तथा चराहरुको अवलोकन र कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन गर्दै प्रसिद्ध तिर्थस्थल चतराको कुम्भ स्नान लगायतको कार्यक्रहरुलाई समेत समेटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!