हिपमत डटकम
बिराटनगर,पौष १।
स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रर्वद्धन गर्ने उद्देश्यले आजदेखि विराटनगर–७ जैन भवनमा विराट जुत्ता चप्पल व्यापार मेला २०७६ को आयोजना गरिएको छ । विगत दुई वर्ष देखी हुदै आएको फुटवेयर एक्सपोलाई आयोजकले यो वर्ष पनि निरन्तरता प्रदान गरेको छ ।

नेपाली जुत्ताघर प्रा.लि. ले “स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान” भन्ने मुल नाराका साथ आजबाट विराट जुत्ता चप्पल व्यापार मेलाको आयोजना गरेको छ । बढदै गएको व्यापार घाटा न्युनीकरण गर्न र आर्थिक समृद्धिमा हाँसिल गर्नमा टेवा पुर्याउन उक्त व्यापार मेलाको आयोजना गरिएको हो । उपभोक्ता माझ नेपालमा पनि अन्तराष्ट्रिय स्तरको जुत्ताचप्पल उत्पादन हुने गरेको जानकारी दिन यो मेला लाभदायी साबित हुने आयोजकको विश्वास छ । स्वदेशी उत्पादनको र प्रचारप्रसार प्रर्वद्धनका लागी नेपाली जुत्ता घरले विगतका लामो समयदेखि पोखरा, बुटवल, काठमाण्डौं र हेटौडा जस्ता नेपालका विभिन्न प्रमुख शहरहरुमा जुत्ता चप्पल व्यापार मेलाको आयोजना गर्दै आईरहेको छ । नेपालमा फुटवेयरकै क्षेत्रमा ३२ अर्ब बराबरको लगानी रहेको छ । नेपाली जुत्ता घर प्रा.लि ले त्यसबाट उत्पादन भएका फुटवेयरका ६० प्रतिशत उत्पादनहरु जनता समक्ष प्रत्यक्ष रुपमा पुर्याउन सफल भएको छ । साथै यो क्षेत्रमा प्रत्यक्ष रुपमा ५० हजार र अप्रत्यक्ष रुपमा २ लाख ५० हजार कामदारहरुले रोजगारी पाएका छन ।

सोही अवसरमा प्रदेश नं. १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले वर्तमान परिप्रेक्ष्यमा उद्योगद्यन्दा सञ्चालनमा ल्याउनु निकै नै चुनौतीको बिषय रहेको उल्लेख गर्नुभएको छ । उहाँले व्यक्तिगत स्वामित्वमा रहेको जग्गाजमिनको आकाशिदै गएको मुल्यको कारण हाल कुनैपनि नयाँ उद्योगद्यन्दा तथा कलकारखानाहरु विकास गर्नबाट बञ्चित हुन पुगेको बताउनुभएको छ । उहाँले भएका उद्योग व्यावसायहरु पनि कमजोर र विस्थापित हुँदै गएको जिकिर गर्नुभएको छ ।

“स्वदेशी वस्तुको प्रवर्धन, हाम्रो अभियान” भन्ने मुल नाराका साथ आजबाट सुरु भएको उक्त जुत्ता चप्पल व्यापार मेलाको उद्धाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपालमा विद्यमान उद्योगद्यन्दा तथा कलकारखानाहरुलाई प्रोत्साहन गर्न श्रृण सुविद्या र बाहिरी मुलुकबाट आयात हुने कच्चा पर्दाथ एवं तयारी वस्तुमा सब्सिडीको व्यवस्था गर्न राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । उहाँले बढदै गएको निजी क्षेत्रको विकास विस्तार गरेर आर्थिक समृद्धि हाँसिल गर्न र व्यापार घाटालाई न्युनीकरण गर्न सर्वप्रथम आयातलाई प्रतिस्थापन गनुपर्ने धारणा समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै आजबाट औपचारिक रुपले सुरु भएको उक्त व्यापार मेलामा शिखर शुज, वि.एफ डियर हिल सुज, रन सुज, शु ल्याण्ड, लैण्ड वाल्क र हाईलाईफ सुज एण्ड स्लीपर जस्ता चर्चित कम्पनीहरुले आफना स्वदेशी उत्पादनहरु बजारमा ल्याएका छन । आयोजकले १ लाख ५० हजार भन्दा बढी उपभोक्ताहरुले जुत्ता चप्पल व्यापार मेलाको अवलोकन गर्ने र १ करोड ५० लाख भन्दा बढीको व्यापार हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!