आइतबार, बैशाख ०७, २०७७ || 712  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि आफू दैनिक १८ घण्टा काम गरिरहेको बताएका छन्।बफादारिताका साथ देश र जनताका लागि काम गरेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले जस लिनुपर्ने वा मूल्यांकन होस् भन्ने भावना आफूमा नरहेको पनि बताए।

राससलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले विरामी प्रधानमन्त्रीले देश चलायो भन्ने गरेको पनि उल्लेख गरेका छन्। प्रधानमन्त्रीले भनेका छन्, केहीले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ। हुटिट्याउँ प्रवृत्ति छ। ती कुराहरु कति सान्दर्भिक छन्? तिनले आफैंलाई असान्दर्भिक बनाउँछन्। तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन्। मबाट यो भन्दा बढी के अपेक्षा गर्ने?’

प्रधानमन्त्री आफैं विरामी भएर पनि देशलाई संक्रमणबाट जोगायो भन्न सकिने उल्लेख गर्दै उनले थपेका छन्, ‘आफैँ बिरामी भएर पनि देशलाई सङ्क्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो। मेरो काम गर्ने बानी छ, गरिरहन्छु। म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु।’

यति काम गर्दा पनि जश लिनुपर्ने वा मूल्यांकन होस् भन्ने भावना आफूमा नरहेको प्रधानमन्त्रीको भनाइ छ। ‘मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन। बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो। अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठीक होइन। त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!