आइतबार, बैशाख ०७, २०७७ || 912  पटक पढिएको

मुलुककै जेठा पत्रकारमध्येका महोत्तरी, मटिहानी नगरपालिका–५ का ८८ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल अस्पताल भर्ना हुनुभएको छ । रक्तअल्पताले सिकिस्त भएपछि उहाँलाई जनकपुरधामको बजरङ्गचोकस्थित जानकी हेल्थ केयर अस्पतालमा भर्ना गरिएको हो । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका प्रथम सभापति रहनुभएका मण्डल प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउने जिल्लाका पहिलो पत्रकार हुनुहुन्छ । मण्डललाई विसं २०६६ मा यो सम्मान प्रदान गरिएको हो । जिल्लाबाट प्रकाशित हुँदै आएको तथ्य साप्ताहिकका सम्पादक मण्डल केही दिनयता अस्वस्थ्य हुनुभएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको हो । चिकित्सकले उहाँमा रक्तअल्पता मुख्य समस्या रहेको औँल्याएका कान्छा छोरा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । राजनीतिक गतिविधिमा गहिरो अभिरुचि राख्ने मण्डल मटिहानी गाउँपञ्चायत छँदा प्रधानपञ्च रहिसक्नुभएको छ । मण्डलका तीन छोरामध्ये जेठा रामकुमार मण्डल महासङ्घ महोत्तरी शाखाका सभापति र गाउँपञ्चायतको प्रधानपञ्च भइसक्नुभएको छ । त्यसैगरी अहिले मटिहानी नगरपालिकाका प्रमुख रहनुभएका कान्छा छोरा हरिप्रसाद मण्डल महासङ्घ महोत्तरी शाखाको तीन कार्यकाल अध्यक्ष हुनुहुन्थ्यो । प्रेस स्वतन्त्रता सेनानी मण्डल अस्पताल भर्ना भएपछि यस भेगका पत्रकार उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगिरहेका छन् । महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्रसिंह चौहान र महोत्तरी शाखा अध्यक्ष कमलेश मण्डलले मण्डलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!