आइतबार, बैशाख ०७, २०७७ || 684  पटक पढिएको

घाँस काट्न जाँदा रूखबाट लडेर टाउकामा गम्भीर चोट लागेका एक युवकलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । रसुवा जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलका अनुसार लडेर घाइते भई उपचारमा आएका नौकुण्ड गाउँपालिका घर भई धुञ्चेमा बसोबास गर्ने १८ वर्षीय सुवास तामाङलाई यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।
जंगलमा घाँस काट्ने क्रममा रूखबाट लडेका उनलाई अर्थ सङ्कलन गरेर प्रजिअ अर्जुन भण्डारीको पहलमा हेलिकोप्टर चार्टर गरी पठाइएको आफन्त काजी तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!