आइतबार, बैशाख ०७, २०७७ || 647  पटक पढिएको

हुम्ला जिल्लामा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ । जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिनुभयो ।
जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा टसियाङ्गजुक लामाले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उहाँले निगरानीमा रहेकाहरुको तथ्याङ्ग सार्वजनिक गरिने जानकारी दिनुभयो । आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा लामाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा मन्त्रालयबाट आएको दुई जनाको टोली र जिल्लाका सरोकार पक्षबीच कोरोनाको रोकथाम सम्बन्धमा सकारात्मक छलफल भएको प्रजिअ विनिता भट्टराईले बताउनुभयो ।
क्वारेन्टाइनमा भएन राम्रो खाना
सदरमुकाम सिमकोटको रानीवन निगरानीमा रहेका व्यक्तिले खानपिनको कुनै राम्रो सेवा सुविधा नभएको गुनासो गर्न थालेका छन् । क्वारेन्टाइनमा बस्नुभएका नाम्खा गाउँपालिका ३ का कुचि लामाले क्वारेन्टाइनमा खानपिन राम्रो नभएको दुखेसो गर्नुभयो ।
लामाले भन्नुभयो, “गाउँमा गएर क्वारेन्टाइन बस्छु भन्दा पनि दिएका छैनन्, म सुगर रोगी भएकोले सेतो चामलको भात खान नमिल्दा पनि त्यही खानुपरेको छ ।”
रानीवन क्वारेन्टाइनमा बसेकाहरुले बिहानबेलुका दुई छाक मात्रै खाना दिने गरेको तर दिउँसो चिया पनि नदिने गरेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा बसेकालाई प्रतिछाक रु दुई सय र त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई रु २५० को दरले खाना दिने गरेको पाइएको छ । क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइनमा बस्छु भन्दा पनि प्रजिअले नमानेको कैलाश होटेल हुम्लाकी सञ्चालिका प्रेमा लामाले बताउनुभयो ।
क्वारेन्टाइनका लागि भन्दै कर्णाली प्रदेश सरकारले रु ५० लाख दिएको र जिल्लाका गैरसरकारी संस्थाले विपद् व्यवस्थापन कोषका लागि भन्दै रु छदेखि सात लाख संकलन गरे पनि क्वारेन्टाइनमा गुणस्तरीय खाना नभएको उनीहरुको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!