शनिबार, बैशाख ०६, २०७७ || 589  पटक पढिएको

पोखरा महानगरपालिका–१९ मा शुक्रबार १८ जनाको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरिएकामा सबैको नतिजा नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा वडाले चैत महिनादेखि पोखरा आएकामध्ये तीन महिलासहित १८ जनाको आरडिटी परीक्षण गराएको वडाध्यक्ष शोभामोहन पौडेलले बताउनुभयो । यसअघि पनि पोखरा–१९ ले केही व्यक्तिको आरडिटी परीक्षण गरेको जानकारी दिँदै उहाँले हालसम्म परीक्षण गरिएका ४१ मध्ये सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो । वडामा पहिलो चरणमा ८५७ लाई राहत वितरण गरिएको उल्लेख गर्दै अध्यक्ष पौडेलले दोस्रो चरणमा पुनः ५०० को हाराहारीमा राहत सामग्री वितरण गर्नुपर्ने देखिएको बताउनुभयो । यसैबीच गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले ज्यालादारी मजदुर धेरै ठाउँमा समस्यामा परेको भन्दै उनीहरूको स्थानीय तहले राम्रो रेखदेख गर्नुपर्र्नेे बताउनुभयो । पोखरा–१९ मा भइरहेको राहत वितरण तथा कोरोना भाइरससम्बन्धी रोकथामका लागि भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै उहाँले वडामा कुनै मजदुर खान नपाएर बस्नुपर्ने अवस्था नराख्न वडाध्यक्षलाई आग्रह गर्नुभयो । मजदुलाई राहत पनि नदिने र आफ्नो गन्तव्य जानसमेत रोक्न नहुनेमा जोड दिँदै उहाँले सजगताका साथ उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!