शनिबार, बैशाख ०६, २०७७ || 660  पटक पढिएको

लकडाउनपछि खाद्यवस्तु तथा अत्यावश्यक सामानको आयात ह्वात्तै बढेको छ। बजारमा अभाव सिर्जना हुन नदिन सरकारी निकायसँगै निजी क्षेत्रले आपूर्ति बढाएका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लकडाउनको पहिलो साताको तुलनामा ६१४ प्रतिशतसम्म आयात वृद्धि भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी दुग्धजन्य वस्तुको आयात बढेको छ।

पहिलो सातामा औषधि आयात कम भए पनि तेस्रो हप्तामा यो बढेको छ। दोस्रो साताको तुलनामा औषधि ६८ प्रतिशत बढी आयात भएको तथ्यांकले देखाउँछ। लकडाउन अवधिमा ७५ करोड १२ लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ। औषधिको कच्चा पदार्थ मात्रै १३ करोड ५ लाख रुपैयाँको भित्रिएको छ।

लकडाउन सुरु भएपछि २३ दिनमा ५७ हजार चार सय १२ टन खाद्यान्न आयात भएको छ। दाल मात्रै १७ हजार पाँच सय ३० टन आयात भएको छ। तरकारीको आयात पहिलो साताको तुलनामा ६२ प्रतिशतले बढी भएको छ भने फलफूल व्यापक मात्रामा भित्रिएको छ। यस अवधिमा आयातित तरकारी ३१ हजार टन छ भने फलफूल ७ हजार चार सय ८३ टन छ। सामान ओसारपसार गर्ने मुख्य नाकाबाट बिना रोकतोक सामान भित्रिएका छन्। काँकडभिट्टाबाहेक अन्य प्रमुख नाका चालु छन्। भारतको पश्चिम बंगालको सरकारले आफ्ना नाकाहरू बन्द गरेकाले उक्त नाका बन्द छ।अन्नपूर्ण पोष्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!