हिपमत डटकम
काठमाण्डौ,पुस १ ।
सातौ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई े १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडिहरुलाई सम्मान गरिएको छ । पीस एम्बेसी भवन नक्सालमा सोमबार पूर्वमन्त्री एकनाथ ढकालले बिजेता खेलाडिहरुलाई माला लगाएर सम्मान गरेका हुन् । यहि डिसेम्बर ७ र ८ भएको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता तोङ्ग ईल मोदो संघ नेपालका खेलाडि नम बिष्टले (कैलाली) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जयबहादुर तामाङ (गोरखा) १ रजत (फाईट) १ रजत (सामुहिक काता) १ कास्य (एकल काता) र मंगल शाहीले (सुर्खेत) १ कास्य (फाईट) पदक नेपालका जितेका हुन् ।
प्रतियोगितामा बिश्वको २५ देशले सहभागिता जनाएको थिए । बधाई कार्यक्रम पछि बोल्दै पूर्वमन्त्री एकनाथ ढकालले खेलाडीहरुलाई देशको नाममा स्वर्ण पदक सहित ४ रजत र २ कास्य जितेर गौरव बढाउने कार्य गरेका बताए । तोङ्ग ईल मोदो संघका अध्यक्ष सन्तोष कुमार पौडेल अध्यक्षतामा सम्पन भएको कार्यक्रममा बिश्व शान्ति तथा एकृकित परिवार संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा तथा संघका केन्द्रिय पधादिकारी हरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!