सोमबार, मंसिर ३०, २०७६ || 1322  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, ३० मंसिर

मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले सञ्चालन गरेका योजनामध्ये २ वटा सडक कालोपत्रे योजनाको आज अनुगमन् भएको छ ।नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्वर २ को बुद्धचोकबाट सुरु भएको बुद्धमार्गको सडक कालोपत्रे अनुगमन् गरेको छ । २ करोड ९ लाख १४ हजार २ सय ८६ रुपैयाँ लागतमा ५ दशमलव ५० मिटर चौडाई र २ किलोमिटर ९ सय मिटर लम्वाईको कालोपत्रे भएको छ । सो मार्गमा पुलचोकमा चोक विभाजन गर्ने त्रिकोण आकारको विभाजकस्थल चाँही निर्माण गर्न वाँकी रहेको अनुगमन् समिति संयोजक वास्तोलाले जनाउनु भयो ।

साथै, टोलीले शनिश्चरे चोकबाट पश्चिम दक्षिण वडा नम्वर ८ तर्फको दोहोलु शुक्रवारेमा ८० लाख ११ हजार ४ सय १४ रुपैयाँ २९ पैसाको लागतमा ५ दशमलव ५० मिटर चौडाई र १ किलोमिटर १ सय ५० मिटर लम्वाईको सडक कालोपत्रे अनुगमन् गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!