सोमबार, मंसिर ३०, २०७६ || 1402  पटक पढिएको

 

हिपमत डटकम
काठमाडौँ, मङ्सिर ३० गते।

समाजसेवी / गायक / संगीतकार जितेन बान्तवा राईको यथार्थ कथामा आधारीत ‘मेरो कथा ‘ गीतको भिडियो सार्बजनिक भएको छ। सार्बजनिक भए लगत्तै आम दर्शक स्रोता माझ निकैनै लोकप्रिय भैसकेको छ ।जितेन बान्तवा राई गायक/ संगीतकार मात्र नभएर सामाजिक अभियानमा पनि हरपल हर घडी लागी रहनु भएको जितेन बान्तावा राई पछिल्लो समयमा नेपाली कला साहित्य गीत संगीत माध्यम बाट विभिन्न समाजमा घटेको घटना तथा समाजमा भएको अपराधिक क्रियाकलाप रोक्न तथा देश बिदेशमा बेचिएको चिलीहरुलाई समेत आफ्नो देश फर्काउने अभियानमा जुटि रहनु भएको छ । गायक/ संगीतकार जितेन बान्तवा राईको मन र विचार मात्र सुन्दर छैन उहाँ’को आवाज पनि त्यती’नै मिठो छ ।

सार्बजनिक भएको गीत ‘मेरो कथा‘ मा गायक जितेन बान्तवा राईको आवाज तथा संगीत रहेको छ भने, रचना राम सोभा राईको रहेको छ। संगीत संयोजक पुस्कर सुनुवार हेकोछ। ‘मेरो कथा’को को गीती भिडियोमा उमेश राई ‘फुलन्देको आमा (उमेश राई) र रश्मी भट्टको निकै मार्मिक अभिनय हेर्न सकिन्छ भने, छायांकन ज्ञानेन्द्र शर्मा /सम्पादन मोहन सुनुवार ‘नबिन ‘को रहेको छ । उक्त गीतको भिडियोमा निर्देशन स्वयम् गायक तथा संगीतकार जितेन बान्तवा राईलेनै गर्नु भएको छ ।

उक्त गीतको भिडियोमा गुल्मीस्थित छत्रकोट गाउँपालिका एउटै घरका चार जना जन्मजात’नै अपांग भएका भुपाल थामी’ बलबहादुर थामी, रामबहादुर थामी, र छोरी देवीमाया’को पनि मार्मिक अभिनय रहेको छ । गायक संगीतकार जितेन बान्तवा राईले उनीहरुको जिबन चर्यालाई गीतको माध्यमबाट यथार्थ चित्रण गरी नेपाली गीत संगीत प्रेमीहरु माझ ल्याएका छन् ।

गायक जितेन बान्तवाको हरेक पटकको गीतको भिडियोले केहि न केहि संदेश दीने गरेको छ । उक्त अपाङ्ग हरुको व्यथालाई बडा मार्मिक तरिकाबाट (मेरो कथा बोल) दिएर गीत माध्यामबाट आम दर्शक स्रोता माझ पुर्याउने गायक संगीतकार सामाज सेवी ‘जितेन बान्तवा’को यो उदाहरणीय़ कार्यको चौतर्फी चर्चा भै रहेको छ ।

केहि दिन पहिला काठमाण्डौ को रक हौसे क्याफेमा पत्रकार सम्मेलन गरी गुल्मीस्थित छत्रकोट गाउँपालिका-३ नरमका एकबरी थामी र केशरी थामीको छोरा भुपाल थामी, बलबहादुर थामी, रामबहादुर थामी र छोरी देवीमाया थामीलाई वरिष्ठ गायक तथा संगीतकार जितेन राई र निर्माता तथा समाजसेवी अमलादेवी राईको हातबाट संकलित रकम प्रदान गरिएको थियोभने, ईन्द्रेणी कार्यक्रमर्फत पनि १ लाख ७८ हजार संकलित जम्मा रकम उनीहरुलाई प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा कालकार माया थामी, सामाजिक अभियान्ता गायक संगीतकार जितेन बान्तवामार्फत देशविदेशमा रहेका सहयोगी मनहरुद्धारा संकलित सहयोग रकम हस्तानतरण कार्यक्रममा कलाकार उमेश राई ‘फुलन्देको आमा’, सन्ध्या बुढा ‘काउली बुढी’, गायक तथा संगीतकार महेन्द्र राई, गायिका दिपा तामाङ लगायत कलाकारहरु उपस्थित रहेका थियो ।

अहिले सार्वजनिक (मेरो कथा) गीतको भिडियोमा फुलेंदेको आमा’को पहिलाको भिडियोमा भन्दा पनि फरक भूमिकामा उतारेको समाजसेवी गायक संगीतकार जितेन बान्तवा राई बताउँछन् । साथै रस्मि भट्टको पनि दमदार अभिनय रहेको छ ।उक्त गीतको भिडियोलाई गायक संगीतकार समाजसेवी जितेन बान्तवा राइको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!