कोरोनाको महामारी फैलिएयता न्युयोर्कमा नेपालीका गुपचुप मृत्यु भएका खबर आउन थालेका छन् । खासगरी अमेरिकामा एक्लै बस्दै आएका र समुदायसँगपनि सम्पर्कमा नरहेका नेपालीको अस्पताल र घरमा मृत्यु भएकोमा उनीहरुको मृत्युको खबर समुदाय र परिवारसम्म आउन पनि कठिन हुने गरेको छ । कतिपयका सोधीखोजी गर्ने व्यक्ति समेत नहुदा अस्पतालमा नै गुपचुप मृत्यु भएका खबर आएका छन् । कतिपयको मृत्युका खबर परिवारले गोप्य राखेका छन् ।

मार्च २७ मा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मृत्यु भएका एकजना नेपालीको आजमात्र सनाखत भएको छ । मार्च २७ मा एल्महस्र्ट अस्पतालमा बितेका नेपाली त्यसको केहीदिन अगाडि बिरामी भएर अस्पतालमा भर्ना भएका बिष्णु राई भएको पुष्टी भएको छ । उनको मृत्युबारे न्युयोर्कको नेपाली समुदाय अनविज्ञ रहेको थियो नेपालमा रहेका उनका परिवारले सोधीखोजी सुरु गरेका थिए ।

‘मार्च २७ मा एल्हमस्र्ट अस्पतालमा निधन भएका नेपाली बिष्णु राई भएको अस्पतालको डेथ नोटिफिकेशन विभागले पुष्टी गरेको छ । विभागका अनुशार उनको शव अहिले मेडिकल इक्जामिनरको कस्टडीमा राखिरहेको छ ।’ – मेरिल्याण्ड राज्यको संसदमा डेलिगेट ह्यारी भण्डारीले खसोखासलाई जानकारी दिए ।

अस्पतालमा मृत्यु भएका व्यक्तिबारे नेपालबाट सोधीखोजी सुरु भएपछि ह्यारी भण्डारीलाई अस्पताल श्रोतलाई सम्पर्क गरेर बिष्णु राईको मृत्यु पुष्टी गरेका हुन् । भण्डारीले कोरोनाको महामारीपछि ज्यान गुमाएका नेपालीहरुको दाहसंस्कार लगायतका प्रकृया पनि सकृय रुपमा सहयोग गर्दै आएका छन् ।

यद्यपी राईको शव अहिलेसम्म कसैले दावी नगरेका कारण ‘अन्क्लेम’ स्टाटसमा रहेको छ । न्युयोर्कमा दावी नगरिएका कैयन शव सामुहिक चिहान बनाएर दफनाउने गरिएको छ ।

यसैबीच राईको मृत्युबारे न्युयोर्कमा रहेको नेपाली कन्सुलेट र वासिंटन डिसीमा रहेको दूतावास समक्ष उनका नातीनातिनीहरुले सम्पर्क गरेको कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिए । उनका परिवारले मृतक राईको शव नेपालमा लैजान चाहेको र त्यसको प्रकृयाबारे नेपाली नियोगसमक्ष सोधपुछ गरेको भट्टराईले जानकारी दिएका छन् ।-खसोखासबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!