• होम
  • समाचार
  • अपराध
  • खोज्दै जाँदा
  • राजनीति
  • विश्व
  • जीवनशैली
  • अनर्थ नलागोस
  • खेल
  • धर्म
  • मनोरन्जन
  • टीम
  • Privacy Policy
भारतबाट आएका सबै क्वारेन्टाइनमा नबस्दा त्रास

बुधबार, बैशाख ०३, २०७७ || 911  पटक पढिएको
भारतमा कोरोना भाइरसको त्रासपछि काम गर्ने क्षेत्र बन्द भएपछि जिल्लाका सयौँ नागरिक आ–आफ्ना गाउँ फर्किएका छन् तर ती सबै क्वारेन्टाइनमा बसेका छैनन् । क्वारेन्टाइनमा बसेकाहरुलाई अहिलेसम्म कोरोना भाइरससँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिए पनि गाउँले भने त्रसित भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय खेमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइनमा बसेकामा समस्या देखिएन, कतिपय क्वारेन्टाइनमा नबसेका पनि छन् उनीहरुको अवस्था के छ अहिलेसम्म नबुझ्दा त्रास बढेको छ । ।” पछिल्लो समय कैलाली र कञ्चनपुरमा पाँचजना सङ्क्रमणका बिरामी फेला परेपछि अहिले यहाँका पहाडी जिल्लामा त्रास बढेको स्थानीयवासी बताउँछन् । दिपायल, राजपुर, पिपल्ला, सिलगढीलगायतका बजारमा भने मान्छेको चहलपहल तथा आवतजावत बन्द भएसँगै सुनसान छ । गाउँभन्दा शहरमा स्थानीय प्रहरी प्रशासनले कडाइ गरेपछि गाउँभन्दा बजार सुनसान भएको हो । गाउँघरमा मानिसको बढी चहलपहल र आवतजावत बढ्न थालेका कारण गाउँबाट कोरोनालगायतका रोगको सङ्क्रमण फैलिनसक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिन थालेको कतिपयको बुझाइ छ । स्थानीय तहका क्वारेन्टाइनमा राखिएकाहरुमा कोरोनाको कुनै लक्षण नदेखिए पनि भारतबाट लकडाउन हुनुभन्दा पहिले आएका कतिपय गाउँघरमा खुलारूपमा हिँडडुल गरिरहेका कारण स्थानीयवासीमा त्रास फैलिएको हो । भारतबाट आएका तर क्वारेन्टाइनमा नबसेर गाउँमै लुकेर बसेकालाई यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइनमा बस्न पटक–पटक आग्रह गर्दै पत्राचार गरिरहे पनि उनीहरुले त्यसको वास्ता नगरेको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय खड्क बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनु हुनुभन्दा पहिले आएका कतिपय स्थानीयवासी गाउँघरमै खुलारुपमा हिँडिरहेका छन्, उनीहरुमा कोरोना सङ्क्रमण भएको खण्डमा जिल्लामा समस्या देखिन सक्छ, क्वारेन्टाइन बस्भन्दा मान्दैनन् ।” सरकारले कोरोना भाइरस फैलिन नदिन तथा रोकथामका लागि लकडाउन शुरु गरी सीमाक्षेत्रमा आवतजावतमा रोक लगाए पनि सुदूरपश्चिममा रहेका अधिकांश खुला सीमानाकाबाट नेपाली लुकीछिपी आउने र सिधै गाउँमा लुक्ने गरेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय गगन सार्कीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी जिल्लाबाट वर्षेनी हजारौँको सङ्ख्यामा स्थानीयवासी कामका लागि भारतका विभिन्न स्थान जाने गर्छन् । खेतीपातीको काम तथा चाडपर्व मानेर यहाँबाट हजारौँको सङ्ख्यामा युवा, वृद्ध भारतका विभिन्न स्थानमा मजदुरी गर्न जाने गर्दछन् । भारतमा कोरोना भाइरसले माहामारीको रूप लिन थालेपछि त्यहाँ रहेका नेपाली फर्कने क्रम एकाएक शुरु भएको हो । पछिल्लो समय यहाँका स्थानीयवासीमा छिमेकी मुलुक भारतका साथै अन्य मुलुकबाट फर्किएकामा कोरोना सङ्क्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ । होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले लकडाउनका कारण छिमेकी मुलुक भारतसँगका प्रमुख नाका बन्द भए पनि लुकीछिपी नेपाल प्रवेश गरी गाउँ फकिर्नेको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासी लुकिछिपी गाउँ पस्न थालेका छन्, गाउँमै स्वास्थ्य परीक्षण, व्यवस्थित क्वारेन्टाइन सञ्चालन र सम्भावित बिरामीलाई तत्काल अस्पताल पु¥याउने व्यवस्था गरिनुपर्छ ।” भारतबाट रोजगारी गरी स्वदेश फर्किएका ३३० जनालाई यहाँका स्थानीय तहले आ–आफ्नो स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा २१ दिन राखी कोरोना परीक्षण गरी घर पठाएको छ । क्वारेन्टाइनमा राखिएकामा भने अहिलेसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएको र उनीहरुको स्वाब सङ्कलन गरी परीक्षण गर्दासमेत सङ्क्रमणको लक्षण नभएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
१.
प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
२.
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
३.
लागूऔषध सहित दुई जना पक्राउ
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया

Facebook

Youtube

Twitter

Instagram

Developed By: Websoft IT Nepal Pvt. Ltd.
error: कृपया कपि नगर्नु होला !!