हिपमत डटकम
बिराटनगर,मंसिर-३०गते ।

प्रहरीले सहयोग नगरेको र हत्यारालाई सुरक्षित राखेको भन्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब घर अगाडी ममता मल्लको माईती पक्षले आक्रोश पोखे । गत बिहीबार आफ्नै श्रीमानसंग सुतेकी ममता मल्ल एक्कासी झुण्डिएको अवस्थामा फेला परेकी थिईन् । पोखरा १० की ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । २४ वर्षकी मल्लको मृत्युप्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग गरिरहेका बेला आफुहरुले कानुन अनुसार अनुसुन्धानलाई अगाडी बढाईरहेको प्रहरीले बताएको हो । ममता बिहिबार दिउँसो आफ्नी छोरीलाई खाजा पुर्याएर फर्किए लगत्तै आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिईन् ।
पोष्टमार्टम नभएको अवस्थामा मृत्युको कारण खुलाउन नसकिने र घटनाबारे अहिले बोल्न नमिल्ने कास्की जिल्ला प्रहरी प्रबत्ता रामकुमार केसीले बताए । मृतक मल्लको शरीरमा निलडाम र तिखो वस्तुले गोपे जस्तो दाग देखिएका कारण उनको आत्महत्या नभई हत्या नै गरिएको हो, भनि माईतीपक्षले भनिरहेका छन् तर यो बिषयमा भने प्रहरी बोल्न मानिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!